Ad Image

बागमती कांग्रेस संसदीय दलको बैठक जारी, अविश्वास प्रस्ताव पढेर सुनाइयो

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bahadur singh.jpg

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । 

संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बसेको बैठकमा सुरुमै केन्द्रीय प्रतिनिधि राजन केसी पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको छ । 

त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ ।

साउन ९ गते हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको  प्रस्ताव दर्ता गराएका थिए ।

२१ जनामध्ये सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले भने मुख्यमन्त्री लामाकै पक्षमा रहेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।