बागमतीका मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत


काठमडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
मंगलवार संसदीय दलमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ भने अविश्वासको पक्षमा भने २२ मत परेको छ। योसँगै लामाको संसदीय दलको नेताको हैसियत गुमेको हो ।