Ad Image

स्पेन प्रकरण: भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा सीआईबीकाे छापा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/CIB.jpg

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जमा रहेको एक ट्राभल्समा छापा मारेको छ । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको विषयमा छानबिन गरिरहेको सिआईबीले आज भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो । 

सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी भएको आरोप छ ।