सुदूरपश्चिमका दुई जना मन्त्री चढेको गाडी एकापसमा ठोक्किँदा दुर्घटना

काठमाडौं। सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढेको गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।
मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएका हुन् ।
दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।
सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुर्घटनामा परेका हुन् ।