Ad Image

पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tala 12.jpg

बैतडी । वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । 

उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरु ताला लगाउन बाध्य भएको उनले बताए ।  

यसैबीच, वडाअध्यक्ष हिक्मतबहादुर बिष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।