टेम्केमैयुङ गाउँपालिका–९मा श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन
वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका–९का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।
No Author Assigned | २०८१ साउन ६ गते २०:५३
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् ।
वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।
करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।
Facebook Comments