Ad Image

रवि लामिछाने थुनामा रहेकै स्थानमा रास्वपा संसदीय दलको बैठक बस्दै

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raswapa-dal-ko-baithak-e1753849742233.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज भैरहवामा बस्दैछ । पार्टी सभापति रवि लामिछाने थुनामा रहेको भैरहवा कारागार नजिकैको रमादा होटलमा दिउँसो १ बजेदेखि ४ बजेसम्म बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रवि लामिछानेको सांसद पद निलम्बन भएपछि रास्वपा संसदीय दलको नेताविहीन छ । उपनेता विराजभक्त श्रेष्ठले दलभित्रको संयोजन गर्दै आएका छन् । बैठकका लागि अधिकांश सांसद हिजै भैरहवा पुगिसकेका छन् ।

सांसद गणेश पराजुलीका अनुसार, बैठकले संसदमा पार्टीको आगामी रणनीति तय गर्नेछ । रास्वपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गर्दै संसद अवरोध गर्दै आएको छ । बैठकमा यस विषयको पनि समीक्षा हुने जनाइएको छ ।