सिरहामा धारिलो ह*तियार प्रहारबाट वृद्धको ह*त्या, स्थानीयद्वारा सडक अवरुद्ध


सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा धारिलो हतियार प्रहारबाट करिब ७५ वर्षीय फनिलाल यादवको घरमै हत्या भएको छ ।
राति १ बजेतिर अपरिचित समूहले यादवको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन् ।
घटनापछि घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी समयमै नआएको भन्दै आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।
उनीहरूले प्रहरी प्रशासनको शान्ति सुरक्षामा लापरबाही, राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभावविरुद्ध नाराबाजी गरेका छन् ।
हत्याको कारण र संलग्नबारे केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।