दक्षिण कोरियाका पूर्वराष्ट्रपति योलविरुद्ध नयाँ पक्राउ पुर्जी जारी


एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटक–पटक उपस्थित हुन अस्वीकार गरेपछि अभियोजकहरूले सोधपुछका लागि बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन् । युनमाथि डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने प्रयास गरेको आरोप छ ।
जनवरीमा पक्राउ परेका युन, दक्षिण कोरियाली इतिहासमा हिरासतमा लिइएका पहिलो बहालवाला राष्ट्रपति बनेका थिए । उनलाई प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको थियो । मार्चमा प्रक्रियागत आधारमा रिहा गरिए पनि जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो ।
अभियोजक ओह जियोङ हीले युनले दोस्रो पटक पनि अदालतमा उपस्थित हुन अस्वीकार गरेपछि विशेष अदालतले सोधपुछका लागि हिरासतमा लिन पक्राउ पुर्जी जारी गरेको बताएका छन् । यसले अभियोजकहरूलाई उनलाई जबर्जस्ती सोधपुछ गर्न अनुमति दिनेछ ।
युन र उनकी पत्नी किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ । किम किन हीले हिराको हार र महँगो ह्यान्डब्याग लिएको आरोपमा पनि अनुसन्धान भइरहेको छ ।