Ad Image

थाइल्यान्ड–कम्बोडिया सीमा क्षेत्रमा फेरि झडप, युद्धविराम तोडिएको आरोप–प्रत्यारोप

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cobodia-thailand.jpg

एजेन्सी । थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न भएको युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ गरेको आरोप लगाएको छ । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि मङ्गलबारदेखि युद्धविरामको सहमति भएको थियो । तर, थाइल्यान्डको विदेश मन्त्रालयले बुधबार बिहानसम्म कम्बोडियाली सेनाले सीमामा सानो हतियार र ग्रेनेड आक्रमण गरेको बताएको छ ।

थाई सरकारका प्रवक्ता जिरायु हुआङ्गसाबले झडप भएको पुष्टि गर्दै बिहान ८ बजेदेखि स्थिति सामान्य भएको जानकारी दिएका छन् । यद्यपि, कम्बोडियाले युद्धविराम तोडेको कुरा अस्वीकार गरेको छ । यो युद्धविराम तीन लाखभन्दा बढी विस्थापित मानिसहरूलाई फर्कन सहयोग गर्ने उद्देश्यले गरिएको थियो ।

यसैबीच, बेइजिङले चीनका उप–विदेशमन्त्री सुन वेइडोङले थाई र कम्बोडियाली अधिकारीहरूसँग साङ्घाईमा बैठक आयोजना गरेको र दुवै पक्षले युद्धविराम सहमतिलाई पालना गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको बताएको छ । थाइल्यान्डको सेनाले तनाव घटाउने कदमहरूमा सहमति भएको बताए पनि, युद्धविरामको प्रारम्भिक दिनहरूमा स्थिति अझै नाजुक रहेको चेतावनी दिइएको छ ।

सन् २००८ देखि २०११ सम्म २८ जनाको मृत्यु भएको सीमा विवादमा यस पटकको भडकावले त्यो सङ्ख्यालाई उछिनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता भएको थियो ।