पारिवारिक विवादले कोदालो प्रहार गरी श्रीमतीको ह*त्या


काठमाडौं । पाँचथरको फिदिममा श्रीमान्को कोदालो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
पारिवारिक विवादका कारण २७ वर्षीय महेन्द्र तामाङले आफ्नी २२ वर्षीया श्रीमती अनु राईलाई कोदालोको पासो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
गए राति ८ बजे घाइते भएकी अनुको उपचारका क्रममा झापाको बीएन्डसी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
श्रीमतीलाई घाइते बनाएपछि फरार भएका तामाङलाई प्रहरीले फिदिम–६, सिवाबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।