Ad Image

रास्वपाले सुरु गर्‍यो ‘खुला आँगन’ कार्यक्रम

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp party.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकसँग प्रत्यक्ष संवाद र छलफलका लागि ‘खुला आँगन’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ । 

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, यो कार्यक्रम हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चालन हुनेछ ।

आजको पहिलो कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका नेताहरू सहभागी हुनेछन् । 

रास्वपाले आफ्ना सदस्य, शुभेच्छुक र आम नागरिकहरूलाई आफ्ना विचार तथा सुझावसहित उपस्थित हुन आग्रह गरेको छ । यसको उद्देश्य पार्टी नेतृत्व र आम नागरिकबीचको दूरी घटाउनु रहेको छ ।