तोकिएको ठाउँमा नजाने २३ कर्मचारीलाई गृहको २४ घण्टे अल्टिमेटम

काठमाडौं । अले विभिन्न कार्यालयमा सरुवा भएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले सरुवा भएर पनि हाजिर हुन नगएका १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बाहरूलाई तत्काल नयाँ जिम्मेवारीमा जान आदेश दिएको हो ।
उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा पठाइएको छ ।