Ad Image

दुर्गा प्रसाईंको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा बहस जारी

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durga_prasain.jpg

काठमाडौं । गत चैतमा भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत चार जनाको मुद्दामा उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंले राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि प्रसाईंसहित सुशील बराल, डण्डपाणि रेग्मी र सरोज गौतमले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

बिहीबारबाट सुनुवाइ सुरु भए पनि नसकिएकाले यसलाई ’हेर्दाहेर्दै’ मा राखेर शुक्रबारका लागि पेशी तोकिएको थियो । 

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा आगजनी र तोडफोडको अभियोगमा उनीहरूलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।