Ad Image

झलनाथ खनाललाई माधव नेपालले भने– ‘पार्टीबाट बिदा लिनुस्’

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhav-jhalnath.jpg

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले खनालको पछिल्लो अभिव्यक्ति पार्टीको नीतिविपरीत रहेको बताए । ‘उहाँले एमाले टुक्र्याउनु गलत भयो भन्नुभएछ,’ नेपालले भने, ‘त्यसो हो भने नैतिक आधारमा पार्टीबाट बिदा लिन म सुझाव दिन्छु।’

अध्यक्ष नेपालले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमानेको आरोप लगाउँदै उनको भनाइको अब कुनै अर्थ नभएको समेत बताए ।