सांसद लामा भन्छिन्– ‘जुम्लालाई चिनाउन भोटे कुकुरको छाउरा जस्तो हृदयेन्द्र चाहिन्न’


काठमाडौं । पूर्व नवयुवराज हृदयेन्द्र शाहले जुम्ला भ्रमणका क्रममा बनाएको भ्लगले चर्चा पाइरहेका बेला माओवादी केन्द्रकी समानुपातिक सांसद छिरिङ ल्हामु लामाले त्यसको कडा आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो भ्लगलाई ‘अपवित्र षड्यन्त्र’को संज्ञा दिँदै आक्रोश व्यक्त गरेकी हुन् ।
लामाले राजतन्त्रमा शाह वंशले गरेको शोषण र दमनको इतिहासलाई जोड्दै, हृदयेन्द्रले एउटा भिडियो बनाएर मात्र त्यो ऋण चुक्ता गर्न नसक्ने दाबी गरेकी छन् । उनले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका राजाले जुम्लामाथि गरेको अत्याचारको स्मरण गराउँदै अहिले हृदयेन्द्रको भ्लगलाई ‘भरियाको ढाडमा टेकेर गरिएको नयाँ नाटक’को रूपमा व्याख्या गरेकी छन् ।
सांसद लामाका अनुसार, २३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्याउन नसकेको तर १५ वर्षको गणतन्त्रमा बाटो, स्वास्थ्य र इन्टरनेटजस्ता अत्यावश्यक सेवा पुगेको छ । उनले अहिले भिडियोमा देखिएको जुम्ला गणतन्त्रकै उपज भएको र विगतमा जुम्लालाई रोग, भोक र शोकको पर्याय बनाउने काम हृदयेन्द्रका पुर्खाले नै गरेको आरोप लगाएकी छन् ।
लामा भन्छिन्, ‘उसको पूरै वंश जिजु बाजेहरुले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एस आरामले बिलासी जीवन बिताईरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साडे प्रवृत्ति जस्तैले चिनाउन पर्छ र ?’
उनले हृदयेन्द्रको भ्लगले मिडियामा पाएको चर्चामाथि पनि प्रश्न उठाउँदै यो सामन्ती सोचकै उपज भएको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘गणतान्त्रिक नेपालमा पनि राजतन्त्रकालको झल्को दिने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ।’
उनकाे भनाइ जस्ताकाे तस्तै: