Ad Image

सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/2126632451827223043smart-card_license..2021-02-08-07-02-39.jpeg

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को म्याद अब पाँच वर्षबाट बढेर १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गरेर यो व्यवस्था लागू गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ मा संशोधन गर्दै लाइसेन्सको बहाल अवधि १० वर्ष बनाइएको हो । अबदेखि नवीकरण गर्दा पनि लाइसेन्सको म्याद १० वर्षका लागि कायम हुनेछ ।

नयाँ व्यवस्था अनुसार, सवारी जाँचपास र प्रदूषण परीक्षणका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने प्रावधान राखिएको छ ।