जनार्दनसँग प्रचण्ड असन्तुष्ट, भन्छन्– ‘पार्टीभित्र अनुशासन कायम हुनुपर्छ’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा बोलेकोमा असन्तुष्टि जनाएका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रचण्डले शर्माको सार्वजनिक टिप्पणीले राम्रो सन्देश नगएको र पार्टीमा अनुशासन कायम हुनुपर्ने बताएका हुन् । पछिल्लो समय शर्माले नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गरिरहेका छन् ।
उनले आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिने तयारी गरेपछि माओवादीभित्रको अन्तरसंघर्ष थप चर्किएको छ । यो विवाद स्थायी कमिटी बैठकको एजेन्डा समेत बनेको छ ।