Ad Image

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छ : मुख्यमन्त्री कार्की

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chief minister.jpg

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगत्ले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस क्लब भद्रपुरको कार्यालय उद्घाटन गर्दै आज उनले पत्रकारिता पेसा नीतिगत रूपमा सरकारका राम्रा कामको प्रचार–प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताए । 

“पत्रकारिता केवल समाचार सङ्कलन मात्र नभई समाज रूपान्तरणको माध्यम हो”, मुख्यमन्त्री कार्कीले भने, “इतिहासले प्रमाणित गरिसकेको छ कि पत्रकारिताबाट सामाजिक र राजनीतिक परिवर्तन सम्भव छ । त्यसैले आजको पत्रकारिताले पनि जनताको आवाज बुलन्द बनाउने दायित्व बहन गर्नुपर्छ ।”