सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान

रामपुर । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।
बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ती सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
“बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्क लाइट जडान गरिएको छ । यसको विद्युत् महशुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उनले भने ।
नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायमार्फत ६ लाख बराबरको लागतमा १६ मिटर उचाइँ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ ।
उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ ।