रवि लामिछानेले बुझाए बिगो बराबरको बैंक जमानत, थुनामुक्तिको माग

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-1 daju.jpg

रुपन्देही । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा बिगो बराबरको बैंक जमानत बुझाएका छन् ।

उनले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत अदालतमा पेश गरेका हुन् । लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७१ अनुसार आफूलाई बैंक जमानतमा रिहा गर्न माग गरेका छन् ।

स्रोतका अनुसार उनले निवेदनमा आफू निर्दोष भए पनि सहकारी पीडितको रकम फिर्ता गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यसअघि, जिल्ला अदालतले माघ १३ गते उनलाई १ करोड धरौटीमा रिहा गरे पनि उच्च अदालतको आदेशपछि उनी चैत २५ गतेदेखि थुनामा छन् । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।


Facebook Comments