एआईको डेटाबेसमा आदिवासी भाषा र कथा समावेश गर्नुपर्छ : अध्यक्ष दाहाल

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dahal.jpg

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको पहिचान, भाषा र संस्कृति संरक्षणका लागि प्रविधिको न्यायपूर्ण र सृजनात्मक प्रयोग अपरिहार्य भएको बताएका छन् ।

एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यो कुरामा जोड दिएका हुन् । दाहालले भने, “हाम्रो भाषा, हाम्रो कथा, हाम्रो दृष्टिकोण एआईको डेटाबेसमा छैन।”

उनले प्रविधिलाई आफ्नो पक्षमा उपयोग गर्न नसके यसले बहिष्करण र भेदभावलाई अझ गहिरो बनाउने खतरा रहेको बताए । उनका अनुसार, आदिवासी जनजातिका मौलिक ज्ञान, मौखिक परम्परा र सांस्कृतिक सम्पदालाई कृत्रिम बौद्धिकता (एआई) जस्ता प्रविधिबाट अभिलेख र संरक्षण गर्न सकिन्छ ।

उनले प्रविधिलाई समावेशी बनाउन आदिवासी जनजातिको ज्ञान र सहभागितालाई नीति निर्माणमै समावेश गर्नुपर्नेमा जोड दिए । उनले नेपाल भाषालाई गुगल अनुवादमा समावेश गर्नु एउटा सफल प्रयास भएको उदाहरण पनि दिए ।


Facebook Comments