कैलाली कारागारमा भएको झडपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख


काठमाडौं । कैलाली कारागार भएको झडपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । गृहमन्त्री लेखकले शनिवार छलफलका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका हुन् ।
शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । घाइते भएका ४७ जना सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले केदीबन्दीहरूले कारागार नै नियन्त्रणमा लिएका छन् भने सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको छ ।
Facebook Comments