हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाद्वारा नवनिर्मित गुम्बाको उद्घाटन


हेटौंडा । हेटौंडाको कर्रामा विभिन्न दाताहरुको सहयोगमा चार वर्ष लगाएर निर्माण भएको गुम्बाको उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपालिका कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्धघाटन गरेकी हुन् ।
गुम्बा उद्घाटन गर्दै नगर प्रमुख लामाले लामो समयदेखि ओझेलमा परेको यो क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् । करिब ३४ वर्ष अघिबाट गुम्बा क्षेत्रको रुपमा विकास हुन लागेको कर्राको यो भेगले सोचे अनुरुप विकासको गति नलिएको उनले बताइन् । बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभावका कारण ओझेल पर्दै आएको यस क्षेत्रमा अब उपमहानगरले विकासको गति अघि बढाउने मेयर लामाको भनाइ छ । उनले गुम्बाको पूर्वाधार विकासका लागि पनि पालिकाले सहयोग गर्ने बताइन् ।
कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगर लाग्ने उनले बताइन् । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य विकसको काम अघि बड्ने बताइन् । २०७८ सालमा हेटौंडा उपमहानगरपालिका ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपियाँ बजेटमा सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
गुम्मा निर्माणमा सहयोग पर्याएको भन्दै कार्यक्रममा उपमहानगर र ९ र १० नम्बर वडालाई सम्मान पत्र प्रदान गरीएको थियो । समितिका अनुसार स्थानिय निकाय बाहेक विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनु पर्ने अन्य कामहरु बाँकी रहेको बताइएको छ ।
सुखवती भुवन टासी जम्बुलिङ गुम्बामा अमर लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य विमल लामा, गुम्बा समितिका संरक्षक किताब सिंह लामा र्याङला गुठि समाजका अध्यक्ष सानुकुमार लामा लगायतको आतिथ्यता रहेको थियो ।
Facebook Comments