‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता


काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिने मिलन गुरुङ (उर्फ चक्रे मिलन) सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा चलाएको हो ।
गत साउन १५ गते उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका थिए । महाराजगञ्जको होटल साम्बालामा मध्यराति चक्रेको जन्मदिनको पार्टी मनाउने क्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो ।
अहिले उनीहरूको बयान लिने काम भइरहेको छ । प्रहरीले उनीहरूलाई पटके कसुरदार भएकाले मुद्दा चलाएको जनाएको छ । पक्राउ परेका ४७ जनामध्ये २८ जनालाई भने छाडिएको थियो ।
मुद्दा चल्ने अन्य व्यक्तिहरूमा गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन् ।
Facebook Comments