नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने


काठमाडौं । नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी दिएका हुन् ।
उनले भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।”
Facebook Comments