गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन ३० हजार धरौटीमा रिहा

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chakre milu.jpg

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन ३० हजार धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

 मंगलबार चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनीसँगै अभद्र मुद्दा दायर गरिएका अन्य १८ जनालाई पनि धरौटीमा छाडिएको छ ।

तर, चक्रे मिलनलाई २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनाको अनुसन्धानको सिलसिलामा भक्तपुर लैजान लागिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।  उनलाई केही दिनअघि भक्तपुर सरकारी वकिलको कार्यालयमा बयान गराइएको थियो ।
 


Facebook Comments