रास्वपाको अध्यावधिक विवरणः दीपक बोहोरा सहकोषाध्यक्षबाट आउट

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp party.JPG

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ । रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार निर्वाचन आयोगले बुधबार ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो ।

अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् भने प्रवक्तामा मनिष झा छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको छ । रास्वपाले केन्द्रीय कार्यसमितिको विवरणबाट सुमना श्रेष्ठ सहमहामन्त्री र दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाइएको छ । उनीहरू केन्द्रीय सदस्यमा भने यथावत् छन्।  रास्वपाको सहकोषाध्यक्ष बसुमाया तामाङ छिन् भने सुमनाले छाडेको सहमहामन्त्री पद रिक्त छ।  


Facebook Comments