भोजपुरको श्यामशिलामा व्यावसायिक किवीखेती


भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका किसानहरू व्यावसायिक किवीखेतीमा आकर्षित भएका छन् ।
गाउँपालिकाले यस क्षेत्रलाई किवीको ‘पकेट’ क्षेत्र निर्धारण गरी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेपछि किसानहरू यसमा लागेका हुन् ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार, किवीको सम्भावना भएकाले श्यामशिलामा पकेट क्षेत्र निर्धारण गरिएको हो । अहिले यहाँका ३० भन्दा बढी घरपरिवारले व्यावसायिक रूपमा किवीखेती गरिरहेका छन् ।
एक पटक लगानी गरेपछि लामो समयसम्म आम्दानी गर्न सकिने भएकाले किवीखेती किसानका लागि आकर्षक बनेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
भोजपुर–लेगुवा सडक नजिकै रहेकाले किसानलाई उत्पादन बिक्री गर्न पनि सहज भएको छ ।
गाउँपालिकाले अन्य वडामा पनि माटो सुहाउँदो खेतीमा जोड दिएको छ, जसमा कागती र एभोकाडोको विकास कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
Facebook Comments