ग्लोबल आइएमई बैंकलाई तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ । यसअघि पनि २०२२ र २०२४ मा यो अवार्ड प्राप्त गरेको बैंकले तेस्रो पटक यो सम्मान पाएको हो ।
युरो मनी म्यागेजिनले प्रदान गर्ने यो प्रतिष्ठित अवार्ड बैंकको उच्चस्तरीय कार्यसम्पादन, ग्राहक सेवा, वित्तीय अवस्था, नयाँ प्रविधि, संस्थागत सामाजिक उत्तरदायित्व र वातावरणमैत्री पहलका लागि दिइन्छ ।
ग्लोबल आइएमई बैंक नेपालको ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय र १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।
साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, मलेसिया, जापानलगायत विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने काम पनि गर्दै आएको छ ।
Facebook Comments