काठमाडौंमा पत्नीको ह*त्या गरी फरार भएका युवक पर्साबाट पक्राउ

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hatya.jpg

काठमाडौं । काठमाडौंकोगोङ्गबुको एक गेस्ट हाउसमा पत्नीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन् ।

सेन्चुरीले गत साउन २७ गते गोङ्गबुस्थित कञ्चन कोशी होटल एन्ड लजमा २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए । हत्यापछि शवलाई बक्स पलङमुनि लुकाएर उनी फरार भएका थिए ।

घटना लुकाउनका लागि सेन्चुरीले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको’ भनी निवेदनसमेत दिएका थिए । तर, साउन ३० गते गेस्ट हाउसमा शव फेला परेपछि उनी भागेर पर्सा पुगेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पर्सामा पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको जनाएको छ ।


Facebook Comments