घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ ७०० रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आइतबार छापावाल सुनको प्रति तोला मूल्य १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ थियो ।
त्यसैगरी, शुक्रबार तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर २ हजार ३१० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।
Facebook Comments