प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a2cb4dc0-ff18-41ef-8dde-8902d7d8a59c.jpeg

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

यस भेटमा द्विपक्षीय सम्बन्ध, नेपाल–भारत साझेदारीका विभिन्न पक्ष र प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भदौ ३१ गते भारत भ्रमण गर्ने तयारी रहेको र मिस्रीको यो भ्रमणलाई सोही भ्रमणको एजेन्डा तय गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


Facebook Comments