नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उक्त सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको र यसको सञ्चालनपछि नागढुङ्गाको यात्रा सहज हुने बताएका हुन् ।
सुरुङमार्ग सञ्चालनका लागि सरकारले सवारीसाधनको दस्तुर पनि निर्धारण गरिसकेको छ । जसअनुसार काठमाडौं प्रवेश गर्दा कार–भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ र मिनीबस–मिनिट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । भारी उपकरणका सवारी सधाधनले भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।
कूल २.६८८ किलोमिटर लम्बाइको यो सुरुङमार्ग सञ्चालनमा आएपछि यात्राको समय बचत हुनुका साथै ढुवानी खर्च पनि घट्ने अपेक्षा गरिएको छ ।
Facebook Comments