सामूहिक बला*त्कार गरेको आरोपमा अधिवक्ता राय पक्राउ

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/wakil balatkari.jpg

काठमाडौं । धनुषामा सामूहिक बलात्कारको आरोपमा एकजना अधिवक्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाकै अधिवक्ता प्रमोद कुमार राय रहेका छन् ।

धनुषा प्रहरीका अनुसार उनलाई शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरी शनिबार धनुषा लगिएको हो । आइतबार उनलाई जिल्ला अदालत धनुषामा पेस गरी म्याद थपको तयारी गरिएको छ ।

गत माघ १२ गते धनुषाकै एक महिलामाथि रायसहित तीनजनाको समूहले सामूहिक बलात्कार गरेको जाहेरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा दर्ता भएको थियो ।

यसअघि उजुरी दर्ता गर्न नमानेपछि पीडितले उच्च अदालतबाट परमादेश जारी गराएपछि मात्र जाहेरी दर्ता भएको हो ।


Facebook Comments