डिशहोम र बर्गर हाउसबीच साझेदारी, ग्राहकलाई १० प्रतिशत छुट


काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरूको लागि नेपालको चर्चित फास्ट–फूड चेन, ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको छ ।
यस साझेदारीअनुसार, सक्रिय डिशहोमका ग्राहकहरूले अब बर्गर हाउसका देशभरका १५८ वटै आउट लेटहरूमा खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन् ।
यो छुट ‘माई डिशहोम एप’मा रहेको भर्चुअल प्रिभिलेज कार्डमार्फत प्राप्त गर्न सकिनेछ । यसका लागि ग्राहकहरूले एप डाउनलोड गरी आफ्नो ग्राहक आइडीबाट लग–इन गरेपछि होम पेजमा रहेको कार्ड देखाउनुपर्नेछ ।
डिशहोमका सिइओ तारा मानन्धरका अनुसार, यस साझेदारीले ग्राहकहरूको दैनिक जीवनमा थप मूल्य जोड्ने कम्पनीको प्रतिबद्धतालाई दर्साउँछ ।
डिशहोमले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा विशेष छुट र सुविधा दिनका लागि भर्चुअल प्रिभिलेज कार्ड सुरु गरेको र आगामी दिनमा अन्य शीर्ष ब्रान्डहरूलाई पनि यसमा समावेश गर्ने योजना रहेको जनाएको छ ।
Facebook Comments