गुन्डा नाइके ‘गोर्खाली’ बैंकिङ कसुरको आरोपमा पक्राउ
मेयरसाप डेस्क
|
२०८२ भदौ १ गते १४:०१
काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजेन्द्रबहादुर गोर्खाली (राजू गोर्खाली)लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिएको हो ।
राजू गोर्खाली यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिसमा परे पनि टिकट पाउन सकेका थिएनन् ।
Facebook Comments