रुखमा झुन्डिएको अवस्थामा मृ*त भेटिइन् आमा–छोरी


कैलाली । घोडाघोडी नगरपालिका–७, गौरीशंकर सामुदायिक वनमा एक महिला र उनकी १० महिनाकी छोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार, मृतक २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा डंगौरा रहेका छन् । गत साउन २९ गतेदेखि बेपत्ता भएका उनीहरूको शव आज भेटिएको हो ।
इलाका प्रहरी कार्यालयका डीएसपी रमेशदत्त अवस्थीले शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले सुरुमा आमाले छोरीलाई झुन्ड्याएर पछि आफैंले आत्महत्या गरेको अनुमान गरे पनि, विस्तृत विवरण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ ।
मृतक आरतीको दुई वर्षअघि विवाह भएको थियो ।
Facebook Comments