रास्वपा पपुलिज्मबाट जन्मिएको पार्टी हो : महासचिव पोखरेल

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Shankar-Pokharel0.jpg

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमालेबीचको बढ्दो नजिकताले गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छटपटी देखिएको दाबी गरेका छन् ।

आइतबार कञ्चनपुरमा आयोजित एमाले जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाटै समृद्धि र विकास सम्भव हुने बताए ।

पोखरेलले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको भए पनि ‘मिसन–८४’ सफल बनाउने अभियानमा पार्टी लागेको स्पष्ट पारे । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको निराशा र पपुलिज्मबाट जन्मिएको पार्टीको संज्ञा दिँदै अराजकताको आयु लामो नहुने बताए ।

साथै, उनले पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा ल्याउन खोज्ने माओवादी केन्द्रको कदम लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गरे ।

पोखरेलका अनुसार राष्ट्रप्रमुख भइसकेका व्यक्ति सबैको साझा व्यक्तित्व हुनुपर्ने एमालेको मान्यता छ, जुन भविष्यका लागि पनि एमालेले लिएको नीति हो ।

पार्टीभित्रको अनुशासनमा जोड दिँदै महासचिव पोखरेलले विद्रोही प्रवृत्ति र अराजकता पार्टी निर्माणमा बाधक हुने बताए ।


Facebook Comments