भारतीय विदेश सचिव मिस्रीले गरे प्रचण्डसँग शिष्टाचार भेट

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda-misri.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका विदेश सचिव मिस्रीले निवास खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।


Facebook Comments