राजनीतिलाई सेवाको क्षेत्र बनाऔँ : अध्यक्ष लिङ्देन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rajendra-lingden-1-11.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् । 

आइतबार राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई नितान्त सेवाको क्षेत्रको रूपमा लिनुपर्नेमा जोड दिए ।

उनले आफ्नो राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैबाट एक रुपैयाँ पनि घुस नलिएको दाबी गरे । 

लिङ्देनले नेपालमा भएका स्रोतसाधनको उचित सदुपयोग गर्न सकेमा कुनै पनि युवाले विदेशिनु नपर्ने धारणा राखे ।

राजनीतिले जीवन निर्वाह नचल्ने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिले कुनै न कुनै व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।


Facebook Comments