बालअधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/talim 1 pic (1).jpg

चौतारा । बालबालिका सम्बन्धी लैङ्गिक संवेदनशिलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका लागि टुकीसङ्घ सुनकोशीको सहयोगमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले दुईदिने तालिम आयोजना गरेको छ । 

तालिमका मुख्यप्रशिक्षक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बालअधिकार प्रवद्र्धनमा पत्रकारको भूमिका, आचारसंहिताको पालना र सीपबारे प्रशिक्षण दिएका थिए । 

उनले तथ्य, सूचना र वस्तुस्थितिको पहिचानका लागि पत्रकारले अन्तर्वार्ता सम्बन्धी सीपको प्रयोग गरी बालबालिकाका विषयलाई गहन समाचार बनाउन सकिने बताए ।

अर्का प्रशिक्षक राससका आलेख समाचार संयोजक कृष्ण अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे चर्चा गर्दै बालकालिकाका सवालमा कलम चलाउनुपर्नेमा जोड दिए । 

चौबीस सञ्चारकर्मी सहभागी तालिमको समापन गर्दै नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन तालिम सञ्चालन गरिएको बताए ।


Facebook Comments