काठमाडौं–मन्थली सडक अवरुद्ध, यात्रु अलपत्र

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu-manthali.jpg

मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ हलेदेमा सडक भासिएका कारण काठमाडौं र दोलखा जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । यसले गर्दा काठमाडौं, चरिकोट र मन्थली लगायतका गन्तव्यमा जाने सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन् ।

स्थानीय बासिन्दा सञ्जीव चौहानले जानकारी दिँदै सडक भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको बताए । यो सडक हुँदै दैनिक सयौँ यात्रु र सवारीसाधन ओहोरदोहोर गर्छन् ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउनका लागि पहल भइरहेको जानकारी दिए । सडक मर्मत गरी यातायात सेवा चाँडै सुचारु गर्ने प्रयास भइरहेको उनले बताए ।


Facebook Comments