एनपीएलको दोस्रो संस्करण मंसिरमा हुने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/npl-2.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति तय भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारी अनुसार, प्रतियोगिता मंसिर २ देखि २८ गते (नोभेम्बर १७ देखि डिसेम्बर १५) सम्म आयोजना हुनेछ ।

प्रतियोगिताका लागि खेलाडीहरूको मिनि अक्सन सम्पन्न भइसकेको छ भने टिमहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी छ ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । यो दोस्रो संस्करणमा विजेता को बन्नेछ, त्यो हेर्न बाँकी नै छ ।


Facebook Comments