प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KP-Oli.2024-07-14-04-50-07 kuhgj.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार यो रिट निवेदन दर्ता गरेका हुन् ।

जनता समाजवादी पार्टी, नेपालले गत असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व रहेको दाबी गर्दै रिट दर्ता गरिएको हो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।


Facebook Comments