अनुदान कटौतीको विरोधमा उखु किसानको काठमाडौंमा प्रदर्शन


काठमाडौं । सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि तराई–मधेसका उखु किसानहरूले काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा आएका किसानहरूले सरकारले घोषणा गरेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल भुक्तानी गर्न माग गरेका छन् । सरकारले भने बजेट अभाव देखाउँदै अनुदान रकम आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको थियो ।
महासंघका संयोजक श्यामबाबु रायका अनुसार, चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने भुक्तानी गरिसकेका छन् तर सरकारबाट पाउनुपर्ने १ अर्ब ६० करोड रुपैयाँ बाँकी छ ।
आन्दोलनमा कोशीदेखि सुदूरपश्चिमसम्मका करिब ६०० किसान सहभागी छन् । उनीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।
Facebook Comments