कांग्रेसका पदाधिकारीहरुको बैठक जारी: राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्ने


काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखि बैठक सुरु भएको हो ।
बैठकमा राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ । पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।
बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।
Facebook Comments