विप्लवलाई भेट्न घरमै पुगे प्रचण्ड

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् । सोमवार बिहान प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लव निवास पुगेका हुन् ।
महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका छन्। उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको छ ।
माओवादीको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि कार्यदल गठन हुन सकेको छैन । नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ ।
Facebook Comments