लिपुलेकबारे भारत र चीनसँग कुरा गर्छु : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68afdefb3ea85.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा राष्ट्रिय सहमति र संसदको विश्वास लिएर भारत र चीनका नेताहरूसँग प्रष्ट कुरा राख्ने बताएका छन् ।

एमाले काठमाडौं जिल्लाका नेताहरूसँगको भेटमा ओलीले यस संवेदनशील मुद्दामा दुवै देशका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सशक्त रूपमा कुरा राख्ने प्रतिबद्धता जनाएको एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।

ओलीले भदौ १४ गते संसदमा यस विषयमा छलफल गर्ने र संसदको विश्वास लिएपछि मात्रै अघि बढ्ने बताएका छन् । नेताहरूले प्रधानमन्त्रीलाई आफ्नो आगामी भारत र चीन भ्रमणका क्रममा लिपुलेकको विषयलाई गम्भीरतापूर्वक उठाउन आग्रह गरेका थिए ।


Facebook Comments