गोविन्द केसीद्वारा पुनः सत्याग्रह घोषणा


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरूमा सिट बढाउने निर्णय गरेको विरोधमा उनले यो कदम चालेका हुन् ।
डा. केसीले सरकारी मेडिकल कलेजमा सिट बढाउनुपर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना गर्दै आएका छन् । उनले आफ्नो माग पूरा नभएको र सरकारले निजी मेडिकल कलेजलाई मात्र प्राथमिकता दिएको भन्दै यो निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।
लामो समयदेखि चिकित्सा शिक्षाको सुधारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. केसीले सरकारको यो निर्णयले मेडिकल शिक्षामा विकृति बढ्ने तर्क गर्दै आफ्नो अभियानलाई निरन्तरता दिने बताएका छन् ।
Facebook Comments